घरभित्र बाढी पसेपछि कालिमाटीका स्थानीय ‘कोठाको सामानहरू बचाउन पाएनौं, पालको व्यवस्था गरिदिनुस्’

घरभित्र बाढी पसेपछि कालिमाटीका स्थानीय ‘कोठाको सामानहरू बचाउन पाएनौं, पालको व्यवस्था गरिदिनुस्’

काठमाडौं : बिहीबार साँझदेखि भएको वर्षाका कारण काठमाडौं उपत्यकाका थुप्रै स्थानमा नदीको सतह बढेर बस्तीमा बाढी पसेको छ। 

वर्षाका कारण काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाव बढ्दा खोला छेउका बस्ती डुबानमा परेको प्रहरीले बताएको छ।
 
विष्णुमतीमा आएको बाढीका कारण कालिमाटीस्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ। 

बाढी घरभित्र पसेका कारण सयौं परिवार विस्थापित भएका छन्। बाढी घरभित्र पसेपछि घर छोडेर हिँड्नुपरेको कालिमाटीका स्थानीय निशान्त मगरातीले बताए।
 
उनले आफूसँग केही नभएको कारण भोकै मर्नुपर्ने स्थिति सिर्जना भएकोले सरकारले त्रिपालको व्यवस्था गरिदिन पर्ने माग गरेका छन्। 

‘हामीले कोठामा भएको सामानहरू पनि बचाउन पाएनौं। अहिले हामी एकदम तनावमा छौं। हामीलाई एउटा पालको व्यवस्था गरिदिए पनि हुन्थ्यो। यहाँको प्रतिनिधिहरु कोही पनि आउनुहुन्न हामीलाई सहयोग गर्न। हामीसँग केही बचेन। पानी पिउनको लागि एउटा जग समेत ल्याउन सकेका छैनौं। खानेकुराको व्यवस्था गरिदिए एकदम आभारी हुनेथियौं,’ उनको दुखेसो छ।    

असोज ११, २०८१ शनिबार १५:४६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।