एमालेको केन्द्रीय कार्यालय र पुष्पलाल स्मृति भवन डुबे

एमालेको केन्द्रीय कार्यालय र पुष्पलाल स्मृति भवन डुबे

ललितपुर : च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ। 

गएराति परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा परेको हो। 

ललितपुरस्थित एमालेको केन्द्रीय कार्यालय र च्यासल फुटबल ग्राउन्ड मनोहरा खोलाको बाढीका कारण हरेक वर्ष डुबानमा पर्ने गरेका छन्।

अविरल वर्षासँगै बाढीले एउटा ग्यास बुलेटसमेत बगाएको छ। ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको छ।

भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा ग्यास निस्केर माथितिर गइरहेको देखिन्छ। ग्यास चुहिएकाले सो क्षेत्रका स्थानीय त्रसित बनेका छन् भने ग्यासको चर्को गन्ध आइरहेको छ। 

असोज ११, २०८१ शनिबार १५:३१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।