उत्पत्यकाका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध

उत्पत्यकाका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न स्थान विद्युत् सेवा अवरुद्ध भएको छ।

दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले विद्युत्का पोलहरू ढल्दा र डुबानमा पर्दा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोसले जानकारी दिए।

उनका अनुसार बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडरहरू प्रभावित भएका छन्।

भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन्।

त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तिवन, चापागाउँ,खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द छन्।

असोज ११, २०८१ शनिबार १२:५९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।