उद्धारको पर्खाइमा घरको छतमा बसेका चार जनालाई घरसहित नख्खु खोलाले बगायो

उद्धारको पर्खाइमा घरको छतमा बसेका चार जनालाई घरसहित नख्खु खोलाले बगायो

काठमाडौं : अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन्।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन्।

उद्धारका लागि लामाे समय जस्ताले बनेको टहरोको छतमा बसेका उनीहरूको उद्धारमा ढिलाइ हुँदा बगाउँदा बेपत्ता भएका छन्।

सामाजिक सञ्जालमा फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको भिडियोमा खोलाको बहाव बढेर आएपछि उनीहरूलाई बगाएको देखिन्छ।

असोज ११, २०८१ शनिबार ११:३९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।