राष्ट्रपति राजापाक्षे देश छाडेर भागेपछि देशमा पहिलो निर्वाचन हुँदै

राष्ट्रपति राजापाक्षे देश छाडेर भागेपछि देशमा पहिलो निर्वाचन हुँदै

एजेन्सी : श्रीलंकामा शनिबार राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ। सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो।

शनिबार हुन लागेको निर्वाचनलाई मुलुकमा आर्थिक सुधारका रूपमा हेरिएको छ।

करवृद्धि, अनुदानमा कटौती र कल्याणकारी योजनाका कारण देशका धेरै जनता अझै पनि समस्यामा छन्।

धेरै विश्लेषकहरू यस चुनावमा मतदाताहरूमा आर्थिक सुधारको चिन्ता हुने भएकाले चुनावमा कडा प्रतिस्पर्धा हुन सक्ने विश्वास गरेका छन्।

आर्थिक संकटले जरजर परेको श्रीलंकामा सन् २०२२ मा सरकारविरुद्ध ठूलो विरोध प्रदर्शन भएको थियो।

प्रदर्शनले उग्र रूप लिएपछि तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षेले देश छोड्नुपरेको थियो भने प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनुपरेको थियो।

त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपति बनेका थिए।

असोज ४, २०८१ शनिबार ०९:०७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।