अफगानिस्तानद्वारा दक्षिण अफ्रिका १७७ रनले पराजित, राशिद खान बने नायक

अफगानिस्तानद्वारा दक्षिण अफ्रिका १७७ रनले पराजित, राशिद खान बने नायक

एजेन्सी : युएईमा जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई १७७ रनले पराजित गरेको छ।

लगातार दोस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेसँगै अफगानिस्तानले यो सिरिज पनि जितेको छ।

अफगानिस्तानको यो ठूलो जितमा राशिद खान नायक बने। उनले ९ ओभरमा १९ रन दिएर ५ विकेट लिए। खेलको प्लेयर अफ द म्याचको अवार्ड पनि खानले नै पाए।

यसबाहेक विकेटकिपर ब्याट्सम्यान रहमानउल्लाह गुरबाजले शतक खेल्दै १०५ रन बनाए।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३१४ रनको ठूलो स्कोर बनाएको थियो।

गुरबाजको शतक बाहेक अजमातुल्लाह उमरजाई र रहमत शाहले अर्धशतकीय खेले।टोलीका लागि उमरजाईले ८६ रन जोडे भने रहमत शाहले ५० रन जोडे।

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकी टोलीले राम्रो सुरुवात गरे पनि अन्त्य राम्रो हुने सकेन। दक्षिण अफ्रिकाको टोली १३४ रनमा अलआउट भयो।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले सर्वाधिक ३८ रन बनाए।

असोज ४, २०८१ शनिबार ०९:०२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।