स्वर्णिमको प्रस्ताव : ‘स्थानीय तहहरूलाई मर्ज गरेर ५०० मा झारौं’

स्वर्णिमको प्रस्ताव : ‘स्थानीय तहहरूलाई मर्ज गरेर ५०० मा झारौं’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले स्थानीय तह र प्रदेश सरकारले संविधानको मर्म अनुसार काम गर्न नसकेको बताएका छन्। 

बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले पालिकाहरुलाई एकीकृत गरेर पाँच सयभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताए। 

उनले भने, ‘बलियो र स्वच्छ सुदृढ संघीय सरकार होस्, स्थानीय पालिकाहरुलाई ७५३ वटा चाहिँदैन, ५०० भन्दा मुनीमै जाऊँ, अहिले धेरै पालिकाहरू मर्ज भएर शिक्षाको दृष्टिकोणबाट पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ। हामी मर्म अनुसार काम गर्न सकिरहेका छैनौं।’

उनले प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने बताए। 

मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझै पनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा अन्योलता सिर्जना भइरहेको उनको भनाई छ।  

असोज २, २०८१ बिहीबार १५:२७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।