दाङमा मोटरसाईकल दुर्घटना, दुई जनाको मृत्यु

दाङमा मोटरसाईकल दुर्घटना, दुई जनाको मृत्यु

तुलसीपुर : दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका-१८ का २२ वर्षीय श्रवनकुमार पुनको मृत्यु भएको हो।

साथमा मोटरसाइकल पछाडि सवार घोराही-४ का २१ वर्षीय विनोद केसीको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

उनका अनुसार आज बिहान लमही नगरपालिका-६ बेलदमारमा दुर्घटना हुँदा गम्भीर घाइते भएका दुवै जनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

असोज २, २०८१ बिहीबार १४:०३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।