रास्वपाले आगामी वैशाखमा पहिलो महाधिवेशन गर्ने

रास्वपाले आगामी वैशाखमा पहिलो महाधिवेशन गर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ।

काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ मा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। 

उनले केन्द्रीय समिति आजैबाट महाधिवेशन आयोजक समिति भएको समेत जानकारी दिए। 

उनले नयाँ अभियान भन्दै जनताको कुरा सुन्न ‘महाकाली-मेची जनयात्रा अभियान’ सुरू गर्ने पनि बताए।

 

असोज १, २०८१ बुधबार १९:४१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।