गौरा जंगलमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, एक जना पक्राउ

गौरा जंगलमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, एक जना पक्राउ

प्युठान : १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा प्युठान नगरपालिका-७ पाखाडेरा बस्ने २९ वर्षीय  मेघराज योगी रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

मेघराजले ती किशोरीलाई सोही ठाउँस्थित गौरा जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

किशोरीलाई स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था पठाइएको छ भने यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असोज १, २०८१ बुधबार १३:०१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।