अनर मोबाइलको ‘अनर किन्नुहोस्, थाइल्यान्ड घुम्नुहोस्’ अफर सुरू

अनर मोबाइलको ‘अनर किन्नुहोस्, थाइल्यान्ड घुम्नुहोस्’ अफर सुरू

काठमाडौं : अनर नेपालले चाडपर्वको अवसरमा ‘अनर किन्नुहोस्, थाइल्यान्ड घुम्नुहोस्’ दशैं अफर सुरु गरेको छ।

अफरमा कुनै पनि अनर स्मार्टफोन किन्दा ग्राहकहरूले थाइल्यान्ड भ्रमण र अन्य पुरस्कार जित्ने मौका पाउनेछन्।

१७ सेप्टेम्बर २०२४ देखि ७ नोभेम्बर २०२४ सम्म नेपालभरका सबै अनर एक्सक्लुसिभ शपहरू र अधिकृत विक्रेताहरूमा उपलब्ध हुने अफरमा ग्राहकले अनर च्वाइस इयरबर्ड्स र जीटी वाच दैनिक पाउन सक्नेछन्।

यस्तै मार्सल स्पिकर र अनर २०० लाई साप्ताहिक पुरस्कार राखेको कम्पनीले अनर म्याजिक भी२, अप्रिला एसआर १२५ स्कुटर र थाइल्यान्ड भ्रमणलाई ग्रान्ड पुरस्कारको रूपमा राखेको छ।

अफरको घोषणा पछि अनर नेपालका राहुल राठीले खुसी व्यक्त गरे। उनले दशैंलाई अझ विशेष र सम्झनलायक बनाउने उदेश्यले उत्कृष्ट पुरस्कारहरू प्रदान गरिएको उनको भनाइ छ।

सहभागी हुनको लागि, ग्राहकले कुनै पनि अनर स्मार्टफोन किन्नुपर्छ र खल्ती एपमार्फत दाम्मी क्यूआर स्क्यान गरेर आफ्नो पुरस्कार थाहा पाउन सकिन्छ।

असोज १, २०८१ बुधबार १२:२५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।