दरबारमार्गमा सवारी आवागमन रोक

दरबारमार्गमा सवारी आवागमन रोक

काठमाडौं : दरबारमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ।

संविधान दिवसको अवसरमा हुने सांगीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेकाले सवारी आवागमनमा रोक लगाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारीलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारीलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ।

सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो।

काठमाडौंमा नागरिकस्तरमा हुने भनिएको सांगीतिक कार्यक्रमलाई ‘नेशनल डे कन्सर्ट’ भनिएको छ।

कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायत गायक-गायिका सहित चर्चित ब्याण्डहरु कुटुम्ब र एलिमेन्ट्सले समेत प्रस्तुति दिनेछन्।

असोज १, २०८१ बुधबार ०७:४७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।