लोसपा छोडेको छ महिनापछि राजेन्द्र महतोले गरे ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ दलको घोषणा

लोसपा छोडेको छ महिनापछि राजेन्द्र महतोले गरे ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ दलको घोषणा

काठमाडौं : पूर्वमन्त्री राजेन्द्र महतोको अध्यक्षतामा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ नामक नयाँ पार्टी गठन भएको छ। 

राष्ट्रिय मुक्ति क्रान्ति अभियानको आज बसेको राष्ट्रिय समितिको बैठकले अभियानका संयोजक महतोको नेतृत्वमा नयाँ दल गठन गर्ने निर्णय गरेको हो। 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को वरिष्ठ नेताबाट अलग भएपछि नेता महतोले करिब छ महिना राष्ट्रिय मुक्ति क्रान्तिको अभियान सञ्चालन गरेर आज नयाँ दलको घोषणा गरे। 
     
पार्टीका नेता केशव झाका अनुसार बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्नेबारे निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको छ। 

सबै कानुनी प्रक्रिया पूरा गरी विधिवत् रूपमा निर्वाचन आयोगमा दल दर्तासम्बन्धी सबै कागजातमा हस्ताक्षर गर्ने तथा दल दर्ताको गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिइएको छ। 

पार्टीका पदाधिकारीको भने टुङ्गो लागि नसकेको नेता झाले बताए।  

भदौ ३१, २०८१ मंगलबार २१:०६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।