प्रहरीले बालेनको फोटो अंकित टिसर्ट लगाएर बसन्तपुर जाँदा पक्राउ परेका १४ जनालाई छाड्यो

प्रहरीले बालेनको फोटो अंकित टिसर्ट लगाएर बसन्तपुर जाँदा पक्राउ परेका १४ जनालाई छाड्यो

काठमाडौं : इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर बसन्तपुर जाँदा पक्राउ परेका १४ जनालाई प्रहरीले छोडेको छ। 

आज दिउँसो बालेनको टिसर्ट लगाउनेहरूको ब्यबहार शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको थियो। त्यसक्रममा सुरूमा १३ जना पक्राउ गरेको प्रहरीले पछि १ जना थप पक्राउ गरी १४ जनालाई प्रहरी वृत्त जनसेवामा राखेको थियो।

उनीहरूलाई करिब चार घण्टा प्रहरी वृत्त जनसेवामा राखेर साँझ छोडिएको हो।

यता, प्रहरीले भने स्थानीयसँग विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी गरेको छ। 

बसन्तपुर क्षेत्रमा भएको इन्द्रजात्राका लागि दुई हजार बढी सुरक्षाकर्मीहरू खटिएका छन्।

जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल लगायतको उपस्थित रह्यो।   

मेयर बालेन भने जात्रामा उपस्थित थिएनन्। उनी भारतमा रहेकाले उपस्थित नभएको जनाइएको छ।  

भदौ ३१, २०८१ मंगलबार २०:०३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।