कोशी र मधेशमा हावाहुरीको सम्भावना, सुदूरपश्चिममा भारी वर्षा हुने

कोशी र मधेशमा हावाहुरीको सम्भावना, सुदूरपश्चिममा भारी वर्षा हुने

काठमाडौं : देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

विभागले राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मनसुनको न्यूनचापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापासमा छ। देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

भदौ ३१, २०८१ मंगलबार ०७:१७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।