सहकारी छानविन समितिका सभापतिले भने- ‘रामकृष्ण ढकालले फेक ऋणीको रूपमा प्रताडना खेपिरहेका छन्’

सहकारी छानविन समितिका सभापतिले भने- ‘रामकृष्ण ढकालले फेक ऋणीको रूपमा प्रताडना खेपिरहेका छन्’

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले गायक रामकृष्ण ढकालले झुटो ऋणीको रुपमा प्रताडना खेपिरहेको बताएका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा ससिति सभापतिका रूपमा प्रतिवेदन पेश गर्दै उनले रामकृष्ण ढकालबारे बाेलेका हुन्।

उनले सहकारी संस्थामा झुटा ऋणी र झुटा सदस्यदेखि अधिकांश कागजात झुटा बनाइने बताए।

उनले भने, ‘...सेयर सदस्य फेक बनाइन्छ, ऋणी फेक छन्। त्यस्तै फेक ऋणी कायम गरेर सम्मानित गायक रामकृष्ण ढकालले फेक ऋणीका रुपमा प्रताडना खेपिरहेका छन्।’

उनले अनुसन्धानबाट सहकरी संस्थाहरूमा सहकारी विपरीत, कानून विपरीत र इमान विपरीत कार्य भइरहेको खुलेको बताए।

यस स्थितिको अन्त्य गरी सहकारी क्षेत्रलाई आम जनताको बीचमा विश्वसनियता पुन: जागरित गरेर अघि बढाउन कोसिस आफूहरूले गरेको उनको भनाइ छ।

समितिले गायक ढकालसँग पनि लालिगुराँस सहकारीका बारेमा सोधपुछ थियो। ढकाल उक्त सहकारीका ऋणी हुन्। उनले ऋण नतिरेको भन्दै लालीगुराँसले सूचना समेत निकालेको थियो।

उनले आफ्नी श्रीमतीसँग सहकारीकै ऋणका कारण डिभोर्स गरेका समाचारहरू समेत बाहिरिएका थिए।

भदौ ३०, २०८१ सोमबार १८:२५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।