रवि लामिछानेले ‘क्लिन चिट’ पाएको स्वर्णिम वाग्लेको दाबी

रवि लामिछानेले ‘क्लिन चिट’ पाएको स्वर्णिम वाग्लेको दाबी

काठमाडौं : प्रतिनिधि सभाका सांसद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोगका सम्बन्धमा क्लिन चिट पाएको दाबी गरेका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वाग्लेले यस्तो दाबी गरेका हुन्।

उनले भने, ‘रवि लामिछानेजीले त आज क्लिन चिट पाउनुभएको छ, मूल आरोपबाट।’

कांग्रेस उपसभापति धनराज गुरुङतर्फ संकेत गर्दै उनले वास्तविक संसदीय समिति वास्तविक ठगहरू उजागर भएको बताए।

‘अब ठूला पार्टीमा ठूलै पद ओगटेर बसेका वास्तविक ठगहरू योबाट उजागर भएको छ’, वाग्लेले भने,‘अन्तत्वगत्वा संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ।’

बुधबार प्रतिनिधि सभामा पेश भएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा सहकारीबाट रकम ल्याउने कार्यमा रवि लामिछाने संलग्न नभएको निष्कर्ष निकालेको थियो।

तर, त्यसरी गोरखा मिडिया नेटवर्कमा आएको रकम खर्च गर्न भने उनको संलग्नता भएको देखिएको छ।

भदौ ३०, २०८१ सोमबार १६:०४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।