सहकारी विशेष समितिको प्रतिवेदन संसदले सरकारलाई पठायो, सांसदहरूले पनि पाउने

सहकारी विशेष समितिको प्रतिवेदन संसदले सरकारलाई पठायो, सांसदहरूले पनि पाउने

काठमाडौं : प्रतिनिधिसभाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ।

सोमबार समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका थिए।

सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारलाई पठाउन संसद सविचालयलाई निर्देशन दिएका छन्।

साथै उनले उक्त प्रतिवेदन प्रतिनिधि सभाका सदस्यहरूका लागि दिइने समेत बताए। प्रिन्ट गर्नका लागि केही समय लाग्ने भएकाले तत्काल उपलब्ध हुनु नसकेको उनको भनाइ छ।

साथै उनले अन्यथा हुने आशंकाहरूबाट मुक्त भएर जे हो त्यहि कुराहरू पाइने र जे हो त्यहि कुराहरू जाने समेत आश्वस्त पारे।

भदौ ३०, २०८१ सोमबार १५:४७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।