‍दुई बालबालिकाको ज्यान गएको घटनासँग जोडेर माओवादीमाथि प्रधानमन्त्री ओलीको व्यंग्य

‍दुई बालबालिकाको ज्यान गएको घटनासँग जोडेर माओवादीमाथि प्रधानमन्त्री ओलीको व्यंग्य

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा बम विस्फोटबाट दुई बालबालिकाको ज्यान गएको घटनालाई जोडेर प्रतिपक्षी माओवादी केन्द्रमाथि व्यंग्य गरेका छन्।

माओवादीले हिंसा भन्ने शब्दलाई लिएर सदन नै अवरोध गरेकोतर्फ इंगित गर्दै संसदमा ‘बम विस्फोट भनेर भन्ने भन्ने कि नभन्ने!’ भन्दै उनले व्यंग्य गरेका हुन्।

आफ्नो अमेरिका भ्रमणबारे सदनलाई सोमवार जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘पाँचथरमा दुई बालबालिकाको निधन भयो। अहिले त्यत्ति भनौँ। कसरी निधन भयो भन्ने कुरा पछि गरौँला। बम विस्फोटबाट भन्न हुने हो कि नहुने हो! यहाँ त अन्योल भइरहेको छ। तर बम विस्फोटबाट दुई बालबालिकाको मृत्यु भयो। म दुःख व्यक्त गर्न चाहन्छु।’

प्रधानमन्त्री ओलीले मृतकका परिवारलाई ५/५ लाख रुपैयाँ राहतस्वरुप दिएको र दुईजना घाइतेको उपचार गर्ने जिम्मा लिएको पनि जानकारी दिए।

भदौ ३०, २०८१ सोमबार १५:३६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।