नयाँ दल आएपछि संसदको बैठक देश विदेशबाट लाइभ हेर्नेको संख्या बढेको छ : रास्वपा उपसभापति

नयाँ दल आएपछि संसदको बैठक देश विदेशबाट लाइभ हेर्नेको संख्या बढेको छ : रास्वपा उपसभापति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले संसदमा राम्रा  सिनहरु देखाउन नसकेकाले सभा अपमानित भइरहेको बताएका छन्।  

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले राम्रा विषयहरू संसदमा नउठ्दा जनताहरू निराश हुँदै गइरहेको बताए।  

उनले भने, ‘नयाँ दल आएपछि संसदको बैठक देश विदेशबाट लाइभ हेर्नेको संख्या बढेको छ, दुर्भाग्य हामीले त्यस्तो राम्रा सिनहरू देखाउन नै  पाइरहेका छैनौं, यसले गर्दा प्रतिनिधिसभाको अपमान भइरहेको छ, जनताहरू निराश हुँदै गइरहेको अवस्था छ।'

उनले कांग्रेस उपसभापति धनराज गुरुङतिर संकेत गर्दै आफ्ना सभापति रवि लामिछानेलाई सहकारी ठग भन्नेहरू नै सहकारी ठग भएर निस्केको बताए। 

'केही समयअघि बिना कुनै प्रमाण संसदीय छानबिन विशेष समितिको माग गर्नुभयो, हामी अपमानित भएरै पनि बचतकर्ताको बचत फिर्तामा केही सहयोग हुन्छ भने बनाउनुहोस् भनेर बनाउन दियौं, आशा गरौं समितिले कसैको दबाव र कसैलाई फेबर नगरि रिर्पोट बुझाउने छ, तर हिजोदेखि फेरि हाम्रै विरुद्धमा मिडिया ट्रायल सुरू भएको छ, सदनमा भएका सांसदहरूलाई केही थाहा छैन, सम्बन्धित निकायलाई केही थाहा छैन, तर सबै सूचनाहरू यही हो भनेर मिडियालाई कसरी थाहा हुन्छ?’

उनले अहिले त यत्रतत्र प्रमाणै प्रमाण छताछुल्ल भएको बताए।  

हामीसँग प्रमाण छ भनेर उफ्रिने सांसदहरू पनि सहकारीको पैसा अपचलनमा परेको उनको भनाई छ। 

भदौ ३०, २०८१ सोमबार १४:५०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।