रविबारे सहकारी छानविन समितिको निष्कर्ष- ‘रकम लैजान संलग्नता छैन, प्रयोग गर्न छ’

रविबारे सहकारी छानविन समितिको निष्कर्ष- ‘रकम लैजान संलग्नता छैन, प्रयोग गर्न छ’

काठमाडौं : सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको विशेष समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको निष्कर्ष निकालेको छ।

सोमबार अन्तिम रूप दिइएको समितिको प्रतिवेदनमा ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको निष्कर्षसहितको प्रतिवेदन तयार गरिएको समितिका एक सदस्यले जानकारी दिए।

२० पृष्ठको प्रतिवेदनमा सहकारी ठगीसँग सम्बन्धित विषयमा सरकारलाई आवश्यक सुझाव र कारबाही सिफारिस गरिएको छ।

प्रतिवेदनले सहकारीबाट पैसा लैजान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता नरहेको भए पनि उक्त रकम प्रयोग गर्न भने गोरखा मिडियामा रहँदा उनी संलग्न भएको निष्कर्ष निकालेको छ।

चार सहकारीबाट गोरखा मिडियामा ६७ करोड गएको प्रतिवेदनमा उल्लेख छ।  समितिका सभापति सूर्य थापाका अनुसार सोमबारको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेश हुनेछ।

तीन महिनाअघि संसद्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज हस्ताक्षर भएको हो।

भदौ ३०, २०८१ सोमबार १४:३३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।