जसपाले समर्थन गरेपछि विधायन समिति सभापतिमा एमालेकी दाहाल निर्वाचित

जसपाले समर्थन गरेपछि विधायन समिति सभापतिमा एमालेकी दाहाल निर्वाचित

काठमाडौं : राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छिन्। 

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णायक बनेको जनता समाजवादी पार्टीले समेत एमालेलाई समर्थन गरेपछि दाहाल निर्वाचित भएकी हुन्। 

निर्वाचित भएपछि पत्रकारहरूसँग कुरा गर्दै दाहालले क्षमताअनुसार लगनशील भएर समिति सभापतिको भूमिका निर्वाह गर्ने बताइन्। 
 
उनले भनिन्, ‘निर्वाचन समितिको नियमित प्रक्रिया हो। प्रत्येक दुई/दुई वर्षको अवधिमा समितिहरूको निर्वाचन हुने गर्दछ। अहिले समितिमा तीनवटा विधेयकहरू छन्। ति विधेयकहरुलाई हामी छलफल गर्छौं। अन्य विधेयकहरू सरकारले पठाएपछि नियमित रुपमा छलफल गर्छौं।’

समितिका कुल १५ मत रहेकोमा एमालेकी दाहालले ८ र एकिकृत समाजवादीकी जयन्तीदेवि राईले ७ मत प्राप्त गरिन्। 

भदौ ३०, २०८१ सोमबार १३:०९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।