आज मोहम्मद जयन्ती,  मुस्लिम धर्मावलम्बीका लागि बिदा

आज मोहम्मद जयन्ती,  मुस्लिम धर्मावलम्बीका लागि बिदा

काठमाडौं : सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस)को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ। 

गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आएको जानकारी अनुसार आज सार्वजनिक बिदा दिइएको जनाएको छ। 

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।

आजको दिन मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ। 

मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ। 

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवतको रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट ५७० एडीमा भएको थियो। उनको निधन भने मृत्यु मक्कामा ६३२ जून ८ मा ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो। 

साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका संस्थापक हुन्।

भदौ ३०, २०८१ सोमबार ०७:३२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।