चार दिनअघि सामान्य विवाद भएपछि घरबाट निस्केका युवक जङ्गलमा मृत भेटिए

चार दिनअघि सामान्य विवाद भएपछि घरबाट निस्केका युवक जङ्गलमा मृत भेटिए

गाईघाट : उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जङ्गलमा मृत फेला परेका छन्। 

त्रियुगा नगरपालिका-४ बगाहाका ३४ वर्षीय बालकृष्ण राई त्रियुगा-११ स्थित नवउदय सामुदायिक वनमा शनिबार मृत फेला परेका हुन्।
            
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजन चापागाईंका अनुसार चार दिनअघि सामान्य विवाद भएपछि उनी घरबाट निस्केका थिए। राईलाई गोठालाले वनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ।

घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

भदौ २९, २०८१ आइतबार २१:५५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।