पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ। डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच रूपैयाँ र पेट्रोलमा प्रतिलिटर चार रूपैयाँले भाउ घटाएको हो। 

भारतीय आयल निगमबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आज राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ। 

नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आजै बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो। 

निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ। 

निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ। 

भदौ २९, २०८१ आइतबार २१:५१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।