माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध गरेपछि सरकारले गर्यो संसद अधिवेशन अन्त्य गर्ने निर्णय

माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध गरेपछि सरकारले गर्यो संसद अधिवेशन अन्त्य गर्ने निर्णय

काठमाडौं : सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ। माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आज बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

सोमबार अन्तिम बैठक बसेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

उनले भने, ‘संघीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८१ भाद्र  ३१ गते राति १२ बजे देखि अन्त्य गर्न सम्मानित राष्ट्रपति समक्ष सिफारिस गर्ने  निर्णय गरेका छौं।’

बैठकले निर्वाचन आयोगको सिफारिसमा स्थानीय तहको रिक्त ३९ पद नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिको प्रमुखदेखि वडा अध्यक्षसम्मको रिक्त ठाउँमा २०८१ साल मंसिर १६ मा निर्वाचन गर्ने निर्णय गरेको गुरुङले बताए। 

भदौ २९, २०८१ आइतबार १९:१३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।