लिंगो ठड्याएसँगै शुरू भयो इन्द्रजात्रा

लिंगो ठड्याएसँगै शुरू भयो इन्द्रजात्रा

काठमाडौं : बसन्तपुरमा आइतबार विहान इन्द्रध्वजा ठड्याएसँगै काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा शुरू भएको छ।

बिहान ८ बजेर २६ मिनेटको साइतमा इन्द्रध्वजा उत्थान गर्दै यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो।

हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ।

हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो असोज ५ गतेसम्म चल्नेछ।

इन्द्रजात्रा अन्तर्गत असोज १ गते कुमारी रथ यात्रा प्रारम्भ हुनेछ भने २ गते माथिल्लो टोलमा रथ यात्रा हुन्छ।

असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ। त्यसै दिन राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्रा सकिन्छ।

इन्द्रजात्राको अवसरमा असोज १ गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहेको छ।

आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवी नाच, महाकाली नाच, आकाश भैरव, समयबजी सजाएर राख्ने लगायतका परम्परागत सांस्कृतिक मूर्ति, नाच लगायतका धार्मिक गतिविधि हुने गर्दछन्।

भदौ २९, २०८१ आइतबार १०:३६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।