सामसुङविरुद्ध मोबाइल व्यवसायीले गरेको आन्दोलन स्थगित

सामसुङविरुद्ध मोबाइल व्यवसायीले गरेको आन्दोलन स्थगित

काठमाडौं : नेपाल मोबाइल व्यवसायी महासंघले सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी बन्द गर्नेगरी घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल वितरक संघकाबीच भएको त्रिपक्षीय सहमतिपछि महासंघले सामसुङ मोबाइल ब्राण्डविरुद्ध घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो।

महासंघले उठाएको मार्जिन बढाउनुपर्ने विषयलाई मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल बितरा संघलेसमेत समर्थन गर्दै मार्जिन लगायतका विषयमा आगामी मंसिर १३ मा ठोस निर्णय लिने सहमति भएको हो।

सहमतिमा नेपाल मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, मोबाइल फोन इम्पोर्टर एसोसिएसनका अध्यक्ष दीपक मल्होत्रा र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोले हस्ताक्षर गरे। 

सुदूरपश्चिम प्रदेशको धनगढीमा गत भाद्र २० मा आयोजित सामसुङ रिटेल मिट कार्यक्रममा आयोजक र व्यवसायी पक्षबीच मार्जिनको विषयमा विवादहुँदा महासंघ केन्द्रले संघर्षका कार्यक्रम घोषणा गरेको थियो। जसअनुसार भाद्र २६ र २७ मा सामसुङ मोबाइलको भिजिबिलिटी बन्द गरिएको थियो।

विज्ञप्तिमा महासंघले उठाएको मार्जिनको विषय तीनै निकायको आवश्यकताको विषय भएको भनिएको छ भने सो विषयमा आआफ्ना संस्थाका तर्फबाट आवश्यक तयारी गरी आगामी २८ नोभेम्बरका दिन ठोस निर्णयमा पुग्नेगरि साझा सहमति बनेको उल्लेख छ।  

भदौ २८, २०८१ शनिबार १७:५८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।