घर भत्काउने क्रममा च्यापिएर एक जनाको ज्यान गयो, ११ जना घाइते

घर भत्काउने क्रममा च्यापिएर एक जनाको ज्यान गयो, ११ जना घाइते

काठमाडौं : बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासि घर भत्किँदा काम गरी रहेका घर धनी विकसहित अन्य ११ जना मजदुर घाइते भएका थिए। 

विकको उपचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको इन्स्पेक्टर पौडेलले जानकारी दिए। 

घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ का २६ वर्षीय शङ्कर पन्थी, काठमाडौं महानगरपालिका-१० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको ढोरपाटन-४ का खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाइली ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ढोरपाटन-१ का ४० वर्षीया देवीसरा विक, सोही ठाउँकी ३० वर्षीया थम कुमारी विक, तमानखोला गाउँपालिका-१ ३८ वर्षीया खममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक र ५१ वर्षीया टेकमाया रसाइली छन्। 

घरले पुरिएका सबैको उद्धार गरी स्वास्थ्य केन्द्रमा लगिएको इन्स्पेक्टर पौडेलले बताए।  

भदौ २८, २०८१ शनिबार १७:३०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।