दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एकजनाको शव भेटियो

दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एकजनाको शव भेटियो

काठमाडौं : कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन्।

महाकाली नदीबाट दाउरा संकलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वर थापाले जानकारी दिए। 

आज दिउँसो भीमदत्त-१२ का १८ वर्षीय सौरभ दमाई र सोही ठाउँका १५ वर्षीय अबि दमाई दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका छन्। तीमध्ये सौरभको शव फेला परेको छ। 

दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। 

महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ। स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन्। 

भदौ २८, २०८१ शनिबार १७:०७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।