रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, नौ अजेन्डामा छलफल हुने

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, नौ अजेन्डामा छलफल हुने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ।

दिउँसो एक बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ। बैठकमा विविधसहित नौ अजेन्डामा छलफल हुनेछ।

बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि बारे छलफल तथा राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्ट बारे कार्यवाहक महामन्त्रीले ब्रिफिङ गर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

त्यस्तै, बैठकमा राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिकामा छलफल, राष्ट्रिय भेलाको हालसम्मको तयारीका बारे सबै उपसमितिद्वारा प्रस्तुत र छलफल हुने उनले जानकारी दिए।

त्यसैगरी, झाले बैठकमा जिल्ला भेला र जिल्ला समिति गठन गर्ने सम्बन्धमा छलफल, विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत हुने र प्रस्तावित नियमावली र कार्यविधिमाथि छलफल हुने जानकारी दिए।

भदौ २८, २०८१ शनिबार १०:०२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।