'एमाले साना दललाई सिद्याउन लागेको छ, कांग्रेसले रोक्नुपर्छ'

'एमाले साना दललाई सिद्याउन लागेको छ, कांग्रेसले रोक्नुपर्छ'

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले साना दलहरूलाई सक्ने खेलमा लागेको बताएका छन्। 

शुक्रबार एकीकृत समाजवादी जिल्ला कमिटी उदयपुरले आयोजना गरेको 'सन्देश सभा'मा अध्यक्ष नेपालले दुई तिहाइको दम्भमा संविधान संशोधन गरेर साना पार्टी सक्ने खेल आफूहरूलाई मान्य नहुने बताए।

उनले संविधान संशोधन गरेर साना पार्टी सक्ने एमालेको उद्देश्य सफल हुन नदिन सत्ता साझेदार दल नेपाली कांग्रेसलाई आग्रह गरे।

नेपालले सच्चा वामपन्थीले मात्रै  गणतन्त्र र देशलाई अगाडि बढाउन बताए। 

उनले कम्युनिष्ट पार्टी र नेतृत्वले मात्रै प्रजातन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षा गर्ने दाबी गरे। 

भदौ २७, २०८१ शुक्रबार २०:२६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।