सहकारी ठगी प्रकरण : प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा जुट्यो संसदीय छानबिन समिति

सहकारी ठगी प्रकरण : प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा जुट्यो संसदीय छानबिन समिति

काठमाडौं : संसदीय सहकारी छानबिन समितिले अहिलेसम्म सरकारले सहकारी ठगीमा संलग्न भइ फरार रहेका व्यक्तिहरूको खोजका सन्दर्भमा गरेको प्रगतिका बारे जानकारी लिएको छ।

शुक्रबार सिंहदरबारमा बसेको सहकारी छानबिन विशेष समितिले गृहमन्त्रीलाई आमन्त्रित गरी फरार रहेका व्यक्तिहरूको खोजका बारेमा गरेको प्रगति बारे जानकारी लिएको सभापति सूर्य बहादुर थापाले जानकारी दिए। 

उनले भने, ‘खासगरी विदेशमा फरार रहेका जिबी राई, भरत महर्जनसहितका २५ जना व्यक्तिहरूको बारेमा सरकारले खोजबिनका सन्दर्भमा केके प्रगति हासिल गर्यो भनेर जानकारी लिएका छौं। अहिले हामी २५ जनाबाट पनि दुईजना थप गरेका छौं।’

आजकै बैठकले सहकारी छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रुप दिनेगरी छलफललाई व्यवस्थित गर्नेबारे निर्णय भएको पनि जानकारी गराए। 

उनले भने, ‘सहकारी छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रुप दिनेबारेमा महत्वपूर्ण छलफल गरेर छलफल प्रक्रियाको कार्यसूची, छलफलको योजना, वित्तीय विश्लेषणको जानकारी त्यस उपर छलफल प्रस्तुत, तथ्यांकमा छलफल र प्रस्तुतीकरणको ढाँचा शैलीमा गर्ने छलफललाई व्यवस्थित गर्नेबारे निर्णय गरेका छौं।’

भदौ २७, २०८१ शुक्रबार १८:५४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।