बागलुङ दुर्घटनामा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको मृ्त्यु

बागलुङ दुर्घटनामा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको मृ्त्यु

काठमाडौं : बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा भएको दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको खुलेको छ।

शुक्रबार विहान पौने नौ बजेतिर दुर्घटना भएको रा १ झ २०० नम्बरको सरकारी गाडीमा पुथा गाउँपालिकाकी उपाध्यक्ष बुढासहित चार जना सवार थिए। गाडी सडकबाट तीन सय मिटर तल भिरमा खसेको थियो।

दुर्घटना मृत्यु भएका अन्य दुई र घाइते भएका एक जनाको परिचय नखुलिसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलले जानकारी दिए।

अप्ठेरो भिरमा गाडी दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको थियो। त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि खटाइएको थियो।

भदौ २७, २०८१ शुक्रबार १२:१७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।