बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

ढोरपाटन : बागलुङको गलकोट नगरपालिका-२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।

उनका अनुसार गलकोटतर्फ गइरहेको जीप आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन।

दुर्घटनामा एक पुरुष घाइते भएका छन्। प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ।

भदौ २७, २०८१ शुक्रबार १०:१५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।