गिरीबन्धु टि-स्टेट नजिकै विस्फोट भएको कुकर बम फेला

गिरीबन्धु टि-स्टेट नजिकै विस्फोट भएको कुकर बम फेला

झापा : बिर्तामोडको गिरीबन्धु टि-स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ।

बिर्तामोड-६ स्यालडागीस्थित, गिरीबन्धु टि-स्टेट प्रालिभित्र रहेको शमशेर एण्ड गंगादेवी टि-स्टेटको कम्पाउन्डको पर्खालबाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ।

छत्रबाबु गिरीले सञ्चालन गर्दै आएको सो टि-स्टेटको  कम्पाउन्ड पर्खाल बाहिर माओवादी पूवी केन्द्रीय कमाण्डको पर्चा भेटिएको छ।

स्थानीयले बम बिस्फोट भएको खबर प्रहरीलाई गरेका थिए। आज विहान ६ बजे घटनास्थल पुगेको प्रहरीले पर्चासहित बिस्फोट भएको कुकर बरामद गरेको छ।

प्रहरीका अनुसार सो स्थानमा विस्फोट भएको जस्तो नदेखिएको, अन्यन्त्र कतै बिस्फोट गराई विस्फोटमा प्रयोग भएको सामानहरू ल्याई राखिएको जस्तो देखिएको छ।

भदौ २७, २०८१ शुक्रबार ०९:२३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।