चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय

चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय

एजेन्सी : अमेरिकामा चीनको जासुसी गर्ने एक पूर्व सीआईए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाइएको छ।

७१ वर्षीय ‘अलेक्ज्याण्डर युक चिङ मा’ले एफबीआई एजेन्टलाई गोप्य अमेरिकी सूचना चीनलाई बेचेको स्वीकार गरेपछि उनलाई सन् २०२० को अगस्टमा पक्राउ गरिएको थियो।

अमेरिकी नागरिक माको जन्म हङकङमा भएको थियो। उनले सन् १९८२ र १९८९ को बीचमा अमेरिकन सेन्ट्रल इन्टेलिजेन्ट्स र एफबीआईमा काम गरेका थिए।

सम्झौताको एक भागको रूपमा दायर गरिएको उनको निवेदनमा, उनले आफ्नो बाँकी जीवन अभियोजन पक्षलाई सहयोग गर्ने वाचा गरेका थिए। जसमा सरकारी एजेन्सीहरूका प्रश्नहरूको जवाफ समावेश थियो।

उक्त सजायमाथि बुधबार बहस भएको थियो, जसमा अमेरिकी सरकारको तर्फबाट उपस्थित वकिलहरूले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएका थिए।

अधिकारीहरूका अनुसार माले सीआई एजेन्ट रहेका आफ्ना एक आफन्तसँग मिलेर सांघाई राज्य सुरक्षा ब्यूरोका गुप्तचर अधिकारीहरूलाई गोप्य जानकारी दिएका थिए।

हङकङमा भएको बैठकको क्रममा रेकर्ड गरिएको भिडियोले माले गोप्य जानकारीको बदलामा ५० हजार डलर नगद गणना गरेको देखिएको छ।

उनी सन् २००४ मा एफबीआईमा भर्ना भएका थिए। एफबीआईले उनको गतिविधिमा पहिले नै शंका रहेको जनाएको छ।

भदौ २६, २०८१ बिहीबार ११:३६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।