रुवी खान समूहको आन्दोलनको अगाडि घुँडा टेकेका बादशाह!

रुवी खान समूहको आन्दोलनको अगाडि घुँडा टेकेका बादशाह!

काठमाडौं : लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मन्त्रीले पदबाट राजीनामा दिए। उनले आज मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएका हुन्।

कुर्मीको राजीनामा मुख्यमन्त्री आचार्य समक्ष कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पेश गरेको बताइएको छ। मन्त्री कुर्मीको राजीनामा भने स्वीकृत नभएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

मन्त्री कुर्मीमाथि बाँके प्रहरीको कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ। कुर्मीविरुद्ध बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण गरेर बेपत्ता पारेको आरोप लागेको छ। 

अनुसन्धान चलिरहेकै बेला मन्त्री बनाइएको भन्दै कुर्मीलाई बर्खास्त गर्न काठमाडौंमा रुवी खान नेतृत्वमा आन्दोलन चलिरहेको छ। रुवीको अगुवाईमा आधा दर्जन महिला महिना दिनअघिदेखि माइतीघरमा धर्ना बसिरहेका छन्। 

उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा आरोपीलाई मन्त्री बनाएको भन्दै आन्दोलन गरिरहेका थिए। रुवीले गम्भीर अपराधका अभियुक्तलाई मन्त्री बनाउँदा पीडित पक्षलाई थप पीडा थपिएको बताउँदै आएकी थिइन्।

त्यसपछि सोही आन्दोलनको बलमा मन्त्री कुर्मीमाथी चौतर्फी आलोचना भएको थियो। रुवीको समूहले यसबीचमा मध्ये बर्षाको झरी वा घाम नभनी सशक्त आन्दोलन गरिरहे। गएको हप्ता उनीहरूले माइतीघरदेखि संसद भवनसम्म मार्च पास समेत गरे। 

आन्दोलन बढ्दै गएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नै मन्त्री कुर्मीलाई राजीनामा गर्न सुझाएका थिए। 

अनि मात्र अन्तिम समयसम्म राजीनामा नदिने अडानमा रहेका कुर्मीलाई पार्टीले नै हटाउने भनेपछि मात्रै राजीनामा दिन तयार भए।

भदौ २४, २०८१ मंगलबार २१:२८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।