सुनिता र बुचलाई अन्तरिक्षमै छाडेर पृथ्वी फर्कियो अन्तरिक्ष यान

सुनिता र बुचलाई अन्तरिक्षमै छाडेर पृथ्वी फर्कियो अन्तरिक्ष यान

एजेन्सी : अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर बोकेर अन्तरिक्षमा पुर्याएको बोइङको अन्तरिक्ष यान ‘स्टारलाइनर’ पृथ्वीमा फर्किएको छ।

तर, यसमा अन्तरिक्षको यात्रा गरेका बुच विल्मोर र सुनिता विलियम्स भने अझै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छन्। उनीहरू अर्को वर्षको फेब्रुअरी महिनासम्म फर्कने बताइएको छ।

अर्बिटल ल्याबबाट अनडक भएपछि खाली अन्तरिक्ष यान स्वचालित रूपमा चलिरहेको थियो। अन्तरिक्षयानको क्याप्सुलमा प्राविधिक गडबडी भएपछि अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीमा ल्याउन खतरनाक मानिएको थियो ।

अब दुवै अन्तरिक्ष यात्रीलाई स्पेसएक्सको स्पेसक्राफ्ट क्रु ड्र्यागनमार्फत अर्को वर्ष फेब्रुअरीसम्म पृथ्वीमा ल्याइनेछ।

स्टारलाइनरले पृथ्वीमा फर्किन ६ घण्टाको यात्रा गर्नुपरेको थियो । पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि यस अन्तरिक्ष यानको गति कम गर्न पनि प्यारासुटको प्रयोग गरिएको थियो।

भदौ २१, २०८१ शनिबार १३:०५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।