मुनाका हत्या अभियुक्त बबीको धरौटीको माग अस्वीकार, चार गोली हानेर हत्या

मुनाका हत्या अभियुक्त बबीको धरौटीको माग अस्वीकार, चार गोली हानेर हत्या

एजेन्सी : अमेरिकामा मारिएको नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियुक्त बबी शाहलाई मङ्गलवार कोर्टमा पेस गरियो। उनको पक्षका वकिलले उनलाई धरौटीमा छाड्न माग गरे। तर न्यायाधीशले उनको पक्षको माग अस्वीकार गरे।

५१ वर्षका बबीमाथि २१ वर्षिया पाण्डेको हत्या गरेको भन्दै प्रहरीले सरकारीपक्षले क्यापिटल मर्डरको आरोप लगाएको छ। साउथवेष्ट हस्टनमा रहेको अपार्टमेन्टमा पाण्डेको हत्या भएको थियो।

अमेरिकी समय अनुसार मङ्गलवार बिहान भएको सुनुवाइमा सरकारी पक्षले पाण्डेलाई चार गोली हानिएको र बबी पक्राउ पर्दा उनले लगाएको लुगामा रगतका दाग रहेको बतायो।

पाण्डेको अपार्टमेन्टमा जाँदा उनले जुन लुगा लगाएका थिए पक्राउ पर्दा त्यही लुगामा थिए। प्रहरीले उनको गाडीबाट अवैध हतियार समेत बरामद भएको जनाएको छ।

मङ्गलवार अदालतमा सरकारीपक्षले सिसिटिभीको फुटेजसमेत पेस गरेको थियो। सिसिटिभी फुटेजमा हातमा पेस्तोल लिएको शाहले पाण्डेको अपार्टमेन्टको ढोका ढकढकाएर ढोका खोल्न भनेको बताएको छ।

करिब एक घण्टापछि पर्स लगायतका सामान लिएर उनी कोठाबाट बाहिरिएका थिए।

भदौ १८, २०८१ बुधबार ००:०२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।