खेलमा भ्रष्टाचार : सेन्थेटिक ट्र्याक उम्किएकोबारे छानबिन गर्न उपसमिति गठन, रङ्गशाला पुगेर छानबिन सुरु

खेलमा भ्रष्टाचार : सेन्थेटिक ट्र्याक उम्किएकोबारे छानबिन गर्न उपसमिति गठन, रङ्गशाला पुगेर छानबिन सुरु
तस्बिर : रासस

काठमाडौँ :  नेपालगन्ज रङ्गशालामा ‘सेन्थेटिक ट्र्याक’ को काम सकिएको एक महिनामै उम्किएको घटना सार्वजनिक भएपछि छानबिन सुरु भएको छ।

निर्माण पुरा भएको महिना दिन बित्न नपाउँदै सेन्थेटिक ट्र्याक उप्किएपछि राष्ट्रिय खेलकुद परिषद्ले (राखेप) का सदस्य लेख बहादुर क्षेत्रीको संयोजकत्वमा छानबिन उपसमिति गठन भएको हो। उपसमितिमा तीन जना सदस्य छन्।

राखेपले सेन्थेटिक ट्र्याक निर्माण गर्न ‘पञ्चकन्या-सिन्कोट्स जेभी’ ललितपुरलाई ९ करोड ८६ लाख रुपियाँमा ठेक्का दिएको थियो।

उपसमितिले बुधवार नेपालगन्ज रङ्गशालामै पुगेर स्थलगत रूपमा अनुसन्धान सुरु गर्यो। अध्ययन उपसमितिका संयोजक राखेप सदस्य क्षेत्रीले प्रारम्भिक अध्ययनका क्रममा जडानमा कमजोरी भएर सेन्थेटिक ट्र्याकको ‘डी एरिया’ मा उप्किएको, उत्तर–दक्षिण साइडमा विभिन्न स्थानमा पानी जम्ने गरेको देखिएको बताए।

छानबिनको क्रममा रङ्गशालामा निर्माण कम्पनीका प्राविधिक मनिष कुमार शाह समेत उपस्थित थिए। उनले सेन्थेटिक ट्र्याक निर्माणको काम गुणस्तरीय रहेको दाबी गरेका थिए।

भदौ ४, २०८१ बुधबार २३:४३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।