१०८ अंकले सेयर बजार बढ्दा पनि लगानीकर्ताले गुमाउने तीन कम्पनी कुन हुन्?

१०८ अंकले सेयर बजार बढ्दा पनि लगानीकर्ताले गुमाउने तीन कम्पनी कुन हुन्?

काठमाडौँ : नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये २ सय ३९ वटै कम्पनीको सेयर मूल्य बढेर नेप्से परिसूचक १०८ अंकले बढ्दा पनि बुधवार तीन कम्पनीका लगानीकर्ताले भने गुमाए।

२ हजार ७ सय ५९ अङ्क पुगेर बुधवार सेयर बजार बन्द हुँदा सबै उप समूहको परिसूचक पनि बढेको थियो। तर तीन वटा कम्पनीको सेयर भने घट्यो।

१७ अर्ब ९५ करोडको कारोबार भएको बुधवारको बजारमा फस्ट माइक्रो फाइनान्स लघुवित्तको सेयर ०.८ प्रतिशतले घट्यो भने सुपर मादी हाइड्रोपावर ०.५७ प्रतिशतले घटेको थियो। तेस्रोमा उन्नति सहकार्य लघुवित्तको सेयर ०.५७ प्रतिशतले घटेको थियो।

तीन लघुवित्तको सेयर घटे पनि माइक्रोफाइनान्स उप समूहको परिसूचक २.१ प्रतिशत बढेको थियो। बुधवार बैङ्किङ २.३, विकास बैङ्क ४.५, फाइनान्स ७.६, होटेल तथा पर्यटन ५.१, हाइड्रोपावर ५.७, जीवन बिमा ३.९, लगानी ३.८, उत्पादन ३.५, निर्जीवन बिमा ३, अन्य ७.८ र व्यापार समूह ५.५ प्रतिशत बढेर बजार बन्द भएको थियो।

साउन २२, २०८१ बुधबार १७:२९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।