झरीले निथ्रुक्क काठमाडौं (फोटो फिचर)

झरीले निथ्रुक्क काठमाडौं (फोटो फिचर)
तस्बिर- नेपाल न्यूज बैंक

काठमाडौं : मौसमको न्यूनचापीय रेखा नेपाल नजिक सरेसँगै देशभर विहानैदेखि वर्षा भएको छ।

हाल देशभर साधारणतया बदली रहेको भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो सबै प्रदेशका धेरै स्थानहरूमा  मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशभर वर्षा र भारी वर्षाको क्रम भोलिसम्म नै जारी रहने महाशाखाले जनाएको छ। वर्षाका कारण काठमाडौं उपत्यकासँगै देशभरको जनजीवन प्रभावित भएको छ। विहान कार्यालय र अन्य कामले बाहिर निस्किएका मानिसहरू भिजेका छन्।

साउन २१, २०८१ मंगलबार ०८:५८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।