हाइड्रोपावरले उचाल्यो सेयर बजार, ४०.७४ अङ्क बढेर बजार बन्द

हाइड्रोपावरले उचाल्यो सेयर बजार, ४०.७४ अङ्क बढेर बजार बन्द

काठमाडौँ : हाइड्रोपावरको सेयर बढ्दा यो साताको दोस्रो दिनको सेयर बजार ४०.७६ विन्दु बढेर बजार बन्द भएको छ। सोमबार नेप्से २७९६.७६ अङ्कमा पुगेर बन्द भयो। यो १.४७ प्रतिशतको बृद्धि हो।

सोमबार दिनभरको कारोबारमा सबैभन्दा धेरै सेयरको मूल्य बढ्ने पाँच वटा कम्पनीमध्ये पाँचै हाइड्रोसम्बन्धी रहेका छन्। सबैभन्दा धेरै सेयर मूल्य घट्ने पाँच कम्पनीमा फाइनान्स र लघुवित्त रहेका छन्। सोमबारको कारोबारमा २१ अर्ब ८१ करोडको कारोबार भयो।

कारोबारको क्रममा नेप्से इन्डेक्सले २८ सय अंक पार गरिसकेको थियो। तर टिकिरहन सकेन र २७९६ मा आएर बजार बन्द भयो। सोमबार नेप्से इन्डेक्स सबैभन्दा तल २७४५ सम्म पुगेको थियो। एक सय ६३ कम्पनीको सेयर मूल्य बढ्दा ७८ वटाको घट्यो भने  एउटाको यथास्थितिमा रह्यो।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ६.६९ प्रतिशत बढ्यो। अन्य ५.७३, हाइड्रोपावर ३.०९, लगानी ३.५२, जीवन बीमा ३.२३, निर्जीवन बीमा १.२५ प्रतिशतले बढेका छन्। बैंकिङ ०.५०, विकास बैंक ०.१५ र फाइनान्स ४.६१ प्रतिशत घटेका छन्। उत्पादन ०.५१ तथा माइक्रोफाइनान्स सूचक ०.७५ प्रतिशत घटे। 

रुरु जलविद्युत परियोजना, सिइडिबी हाइड्रोपावर विकास विकास कम्पनी,  सगरमाथा जलविद्युत कम्पनी, कुथेली बुखारी साना जलविद्युत र भगवती हाइड्रोपावर विकास समितिको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। 

नेपाल फाइनान्स लिमिटेड, हिमालयन लघुवित्त, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स,  श्री इन्भेस्टमेन्ट फाइनान्स र सम्बृद्धि फाइनान्सका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा परे। नेपाल फाइनान्सको त नकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा माई हाइड्रोपावर, शिवम् सिमेन्ट र माउन्टेन इनर्जी अगाडि रहेका छन् ।

साउन २०, २०८१ सोमबार १५:०६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।