टियू क्रिकेट मैदान निर्माणबारे क्यान पदाधिकारी र खेलाडीसँग प्रधानमन्त्रीको छलफल, कलाकार पनि सहभागी!

टियू क्रिकेट मैदान निर्माणबारे क्यान पदाधिकारी र खेलाडीसँग प्रधानमन्त्रीको छलफल, कलाकार पनि सहभागी!

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले टियू क्रिकेट मैदान निर्माणका विषयलाई लिएर सरोकारवालाहरुसँग छलफल गरेका छन्। 

छलफलमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का लगायत खेलाडी, कलाकारहरूसमेत सहभागी छन्। 

खेल क्षेत्रलाई चासो राख्ने कलाकारहरूलाई छलफलमा बोलाइएको बताइएको छ। 

गायक बद्री पंगेनी, प्रकाश सपुत, अभिनेत्रीहरू केकी अधिकारी, नीति शाह, मिरुना मगर, गायिका रचना रिमाल, हास्य कलाकार राजा राजेन्द्र पोखरेल पनि बैठकमा सहभागी छन्।

ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय गरेका थिए।
 

साउन १९, २०८१ आइतबार १५:२६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।