चलचित्र ‘नमेटिने घाउ’को डबिङमा व्यस्त छन् प्रधानमन्त्री ओली

चलचित्र ‘नमेटिने घाउ’को डबिङमा व्यस्त छन् प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’को आफ्नो भागको दृश्यको संवाद डबिङ गरेका छन्।

शनिबार अनामनगरस्थित एक स्टुडियोमा प्रधानमन्त्री ओलीले डबिङ गरेको सचिवालयले जनाएको छ।

फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको फिल्मलाई अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्नेछन्। एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहेको छ।

मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो। एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ।

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भममा तत्कालीन प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् ।

चलचित्रमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि अभिनय गरेका छन्। 

साउन १८, २०८१ शनिबार १७:२२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।