साताको अन्तिम दिन सेयर बजार ५.२९ ले घटेर बन्द भयो, कारोबार रकम २१ अर्ब
काठमाडौँ : उकालिएको सेयर बजार नेप्से परिसूचक ५.२९ ले घटेर बन्द भएको छ। यो साताको अन्तिम दिनको कारोबार करेक्सन लाइनमा गएर बन्द भएको हो। बिहीबार २ हजार ७ सय ५५.६२ मा पुगेर बजार बन्द भयो। कारोबार रकमले भने २१ अर्ब पार गर्यो। बिहीबार २१ अर्ब ७१ करोडको कारोबार भयो।
बिहीबार कारोबारको अवधिमा नेप्से परिसूचक २८०५.५७ विन्दुसम्म पुगेको थियो तर धेरैबेर टिक्न सकेन। नेप्से परिसूचक ५.३१ अंक घटेर २७५५.६० विन्दुमा झर्यो। सेन्सेटिभ इण्डेक्स ३.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४८ घटेको छ।
बुधबार २१ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएकोमा बिहीबार २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको ५ करोड १३ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भयो।
बिहीबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, शुभम पावर, सिटी होटल, नेपाल हाइड्रो डेभलोपर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स, सानिमा माई हाइड्रोपावरलगायतका स्टकहरुको मूल्य करिब १० प्रतिशत बढ्यो। पिपुल्स हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.१३ प्रतिशत घट्यो।
कारोबार रकमका आधारमा बिहीबार हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५९ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो। शिवम् सिमेन्ट्सको करिब ४४ करोडको शेयर कारोबार भयो भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे ४२ करोडभन्दा बढीको शेयर किनबेच भयो।
बिहीबार १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढ्यो भने ७ उपसमूहको परिसूचक घट्यो। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.६९ प्रतिशत बढ्यो। लगानी उपसमूहको परिसूचक २.७४ प्रतिशत बढ्यो। वित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढ्यो।
व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.५४ प्रतिशत घट्यो।
साउन १६, २०८१ बिहीबार १५:०९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।