दोस्रो दिनमै ओरालो लाग्यो सेयर बजार, एक बजेसम्म १२ अङ्कले घट्यो
काठमाडौँ : मौद्रिक नीति आएपछिको पहिलो दिनको कारोबारमा दुई पटक सकारात्मक सर्किट लागेको आइतबारको सेयर बजारमा आएको उछाल सोमबारै ओरालो लाग्ने सङ्केत देखिएको छ। सोमबार एक बजेसम्मको कारोबारमा नेप्से झन्डै १२ अङ्कले ओरालो लागेको छ।
आइतबार वाणिज्य बैंकहरुको १० प्रतिशतसम्म बढेको थियो। सोमबारको बजार भने मिश्रित छ। कुनै एक उप समूहको मात्र पकड छैन। धेरै कमाउने पाँच कम्पनीमा हाइड्रोपावर, लघुवित्त अनि वाणिज्य बैङ्क तीनै उप समूहका कम्पनी छन्।
दिउस एक बजेसम्मको कारोबारमा ७९ वटा कम्पनीको सेयर मूल्य बढेको छ। एक सय ६१ को घटेको छ। दुई वटा यथास्थितिमा रहेको छ। ११ बजेतिर नेप्से २७ सय पार गइसकेको थियो। एक बजे २६ सय ७० मा आइपुगेको छ। कारोबार रकम ११ अर्ब बराबर पुगेको छ।
साउन १३, २०८१ सोमबार १३:०७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।