‘कांग्रेसले राजाबाट घुस खान सिक्यो, एमालेलाई सिकायो अनि एमालेले माओवादीलाई सिकायो’

‘कांग्रेसले राजाबाट घुस खान सिक्यो, एमालेलाई सिकायो अनि एमालेले माओवादीलाई सिकायो’

काठमाडौं : एकीकृत समाजवादीका नेता घनश्याम भुसालले दलहरूले घुस खाने तरिका एक-अर्काबाट सिकेको भन्दै नसिक्नुपर्ने कुरा सिकेका कारण मुलुकले दु:ख पाएको बताएका छन्। 

शनिबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबारेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले घुस खाने मान्छे नभएको पार्टीले सरकार चलाउँदा मात्रै राम्रो काम गर्नसक्ने बताए।

‘राजाले घुस खान परम्पराबाट सिके, अन्तबाट पनि सिके होलान्। कांग्रेसले राजबाट संस्थागत रुपमा सिक्यो भन्ने लाग्छ मलाई। हामी एमाले भएर संगत बढ्दै जाँदा कांग्रेससँग सिक्यौं। हामी दुइटै (कांग्रेस-एमाले) मिलेर माओवादीलाई घुस खान सिकाएका हो भन्ने लाग्छ। किनभने हामीले आफूजस्तै बनायौं।’ उनले भने। 

उनले दलहरूले जे भने पनि राज्य दोहन गरेका कारण समस्या बढ्दै गएको बताए। 

पुस्तकबारे बोल्दै उनले भट्टराईले माओवादी आन्दोलन र त्यसबाट विचलित बन्दा अन्य व्यक्तिहरू खुसी हुन सक्ने भुसालले बताए। 

‘४२–४३ सालमा दूध काण्ड भएको थियो। त्यसबेला पोल्यान्डबाट दूध आउँथ्यो। चेर्नोबिलको आणविक भट्टीमा भएको विस्फोट भएको थियो,’ भुसालले भने, ‘त्यस क्रममा अमेरिकीहरूले राजनीति गरे होलान्। त्यसपछि हामीले दूध बहिस्कार गर्यौं।’  

साउन ४, २०८१ शनिबार १५:१८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।