कुलमान घिसिङले टेरेनन् प्रधानमन्त्री ओलीको ठाडो निर्देशन, तत्काल उद्योगमा बिजुली नजोड्ने अडान

कुलमान घिसिङले टेरेनन् प्रधानमन्त्री ओलीको ठाडो निर्देशन, तत्काल उद्योगमा बिजुली नजोड्ने अडान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगको काटिएको विद्युत् जोडन दिएको ठाडो निर्देशनलाई विद्युत प्राधिकरणले अटेर गरेको छ। 

क्रबार उद्योगी र प्राधिकरणसँगको छलफलपछि ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई डेडिकेटेड तथा ट्रंक लाइनमा अतिरिक्त महसुल नबुझाएका उद्योगहरूमा लाइन जोड्न निर्देशन दिएका थिए। 

तर, ओलीको त्यस निर्देशनपछि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन नजोड्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जानकारी दिए। 

प्राधिकरणको बैठकले ऊर्जा मन्त्रालयको लिखित निर्देशन नआएसम्म काटिएका उद्योगमा बिजुली नजोड्ने अडान लिएको छ। 

यसअघि प्राधिकरणले १५ दिनमा डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न उद्योगीलाई पत्र पठाएको थियो। तर, कुनै पनि उद्योगीले महसुल नबुझाएपछि प्राधिकरणले असार २५ गतेदेखि लाइन काट्न सुरू गरेको थियो। 

प्राधिकरणले ६१ उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको जरिवानासहित आठ अर्ब २६ करोड बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको छ।

३ अर्ब ६५ करोड बक्यौता तिर्न बाँकी जगदम्बा स्टिल, जगदम्बा सिन्थेटिक्स, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र हुलास स्टिलको लाइन प्राधिकरणले काटिदिएको छ।  

साउन ४, २०८१ शनिबार १४:२२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।